+
+
0 Shares

सिरहामा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवक पक्राउ

starkhabar mukesh9801061609
११ महिना अगाडि
0 views

जेठ २४-सिरहा।
स्टार खबर ।

जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १७ स्थित बलान खोलाको बगर क्षेत्रबाट लागुऔषधसहित दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. १५ का २१ वर्षीय सन्तोष यादव र वडा नं. १६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्।

प्रहरीका अनुसार, सन्तोष यादवले बोकेको बोराबाट ONEREX-100ML लेखिएको १२० बोतल र जितेन्द्र यादवले बोकेको बोराबाट ONEREX-100ML लेखिएको १२० बोतल लागुऔषध फेला परेको थियो। साथै, उनीहरूले सोही स्थानमा लुकाइ राखेको दुईवटा बोरामा क्रमशः ONEREX-100ML लेखिएको ११२ बोतल र ९१ बोतल गरी थप २०३ बोतल लागुऔषध समेत बरामद गरिएको छ।

प्रहरीले उनीहरूको साथबाट दुई थान मोटरसाइकल प्रदेश १-००प ५९८५ र स ३प १७२ नम्बर र दुई थान मोबाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।

पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।