+
+
0 Shares

सिरहा:मिर्चैयामा अनियन्त्रित ट्र्याक्टरको ठक्कर, चार मोटरसाइकलमा क्षति

starkhabar mukesh9801061609
११ महिना अगाडि
0 views

बैशाख -२८ सिरहा।
स्टार खबर।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका–५ स्थित थानाचोकमा तीव्र गतिमा आएको एक अनियन्त्रित ट्र्याक्टर सैलुन पसलमा ठोक्किँदा चार वटा मोटरसाइकलमा क्षति पुगेको छ।

oplus_0

दुर्घटना आइतबार दिउँसो ज १ त ३५२३ नम्बरको ट्र्याक्टरले मिर्चैया नगरपालिका–५ मा रहेको पूजा हेयर कटिङ सैलुन अगाडि पार्किङ गरी राखिएका मोटरसाइकलमा ठक्कर दिँदै सैलुनको अगाडिपट्टिको पिलरमा ठोक्किएर रोकिएको प्रहरीले जनाएको छ।

oplus_0

प्रहरीका अनुसार ट्र्याक्टरको ठक्करबाट स ५ प ७३६४, स ७ प ४६८, म.प्र.०१-००४ प ४०८७ र स ३ प ७३०६ नम्बरका चार वटा मोटरसाइकलमा सामान्य क्षति पुगेको छ। तीमध्ये एक मोटरसाइकल सैलुनमा कपाल कटाउन आएका ग्राहकको रहेको बताइएको छ।

oplus_0

दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ भने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।