+
+
0 Shares

“पत्रकारिताको बदनाम षड्यन्त्र: सिरहामा नक्कली पत्रकारको धन्दामाथि महासंघको कारबाही चेतावनी”

starkhabar mukesh9801061609
१ वर्ष अगाडि
0 views

जेठ -४ सिरहा।
स्टार खबर ।

पत्रकारको नाममा अबैध र अनैतिक कार्य बढेकोप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ति जनाएको छ ।
महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले आज विज्ञप्ती जारी गरेर पत्रकारको नाममा अबैध र अनैतिक कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका हुन् ।
सिराहामा हाल केही गैरपत्रकार व्यक्तिहरूले आफू पत्रकार भएको भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक संस्था, प्रहरी चौकी, होटल, लज लगायत स्थानहरूमा गएर धाकधम्की दिने, पैसाको बार्गेनिङ गर्ने, तथा जबरजस्ती पत्रकार सम्मेलन गराई दिने भन्दै पीडितहरूसँग रकम असुली गर्ने कार्यहरू भएको गुनासो प्राप्त भएको जारी विज्ञप्तीमा उल्लेख छ ।
‘आफू नेपाल पत्रकार महासंघसँग आबद्ध रहेको झूठो दाबी गर्दै, महासंघका कार्यसमिति सदस्यहरू आफ्नो दाइ, काका वा मामा भएको बताई सामाजिक भ्रम फैलाउने काम गरिरहेका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘जुन अत्यन्त निन्दनीय र गैरकानुनी कार्य हो ।’
पत्रकारको नाममा गरिने गलत गतिविधिहरूले पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयतामाथि आँच पुऱ्याइरहेको भन्दै महासंघ सिराहा शाखाले सरोकारवालाहरूलाई यस्ता तत्वहरूबाट सजग र सचेत रहन आग्रह गरेको छ ।
पत्रकारको नाममा गलत हर्कत गर्ने व्यक्तिहरू फेला परेमा वा यस्ता गतिविधिहरू देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल पत्रकार महासंघ सिराहा शाखालाई जानकारी गराउन पनि अपिल गरिएको छ ।