+
+
0 Shares

सिरहा प्रहरीको विशेष अभियान : ब्राउन सुगर र अवैध रकमसहित ५ जना पक्राउ

starkhabar mukesh9801061609
११ महिना अगाडि
1 views

जेठ -४ सिरहा।
स्टार खबर।

सिरहा प्रहरीको विशेष अभियान ब्राउन सुगर र अवैध रकमसहित ५ जना पक्राउ गरेका छ्न।
सिरहा प्रहरीले ५५ लाख बढी अवैद्य रकमसहित पाँच जनालाई पक्राउ गरेको छ । सिरहा प्रहरीमा नयाँ एसपी आएपछि चलाएको सर्च अभियानमा विभिन्न स्थानबाट लागुऔषध कारोबारीसहित हुण्डी रकम कारोबारीलाई पक्राउ गरेको हो ।

शुक्रबार साँझ करिब ६ः३० बजेको समयमा लहान नगरपालिका वडा नं. १२ भोटिया टोलस्थितबाट दुई भाई बहिनीलाई लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्युरो गोलबजार सिरहाको संयुक्त प्रहरी टोलीले को ५ प ६९२७ नं. को कालो रातो रङगको पल्सर मोटरसाईकलमा चेकजाँच गर्दा लहान नगरपालिका वडा नं. २२ बस्ने बिरेन्द्र यादवको छोरा बर्ष ३२ को दिनेश कुमार यादव र सोही मोटरसाईकमा पछाडी सवार दिनेशकी बहिनीअन्दाजी बर्ष २४ की किरण कुमारी यादवलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि शंका लाग्दा चेकजाँचको क्रममा खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित २२.९० ग्राम, प्लाष्टिक बिना २१ ग्राम र नेपाली रुपैयाँ नगद रु ५१ हजार ४५० रुपैयाँ तत्कालै बरामद गरेको थियो ।

सिरहा प्रहरीले उनीहरुको मोबाईल नियन्त्रणमा लिएर उनीहरु बस्ने घरमा खान तलासी गर्दा खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १८६ ग्राम, प्लाष्टिक बिना १८० ग्राम, नगद नेपाली ५४ लाख चौध हजार २८५ रुपैयाँ र भारु ३५ हजार ७८० रुपैयाँसहित मोबाईल ४ वटा, कोठाबाट डिजिटल तराजु १ वटा फेला परेपछि उनीहरु ड्रग्स कारोबारी रहेको प्रमाण फेला पारेको हो ।

यस्तै, शनिबार करिब १ः३० बजेको समयमा बरियारपट्टि गाउँपालिका वडा नमबर ३ चमार टोल स्थितबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको चेकिङ्ग टोलिले देश भारत लदनियाबाट बरियारपट्टि तर्फ आउदै गरेको प्र. २–०१–००२ प ३०६८ नम्बरको मोटरसाईकलमा सवार सिरहाको औरही गाउँपालिका वडा नं. ३ बस्ने राज कुमार यादवको छोरा अन्दाजी बर्ष २० को कृष्ण कुमार यादव र सोहि पछाडी सवार वडा नं. २ का तुलसिपुर बस्ने सोनेलाल रायको छोरा बर्ष १९ को निरज रायलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ७१० मिलि ग्राम ब्राउनसुगर लागु औषध बरामद गरी मोटरसाईकल सहित कारवाही प्रक्रिया अगाडइी बढाएको हो ।

सिरहा प्रहरीले शनिबार दिउँसो करिब ३ः०० बजेको समयमा सिरहा सिरहा नगरपालिका वडा नम्बर २ स्थित महाबिर चौक देखि अन्दाजी ३० मिटर पश्चिम बसबिट्टा जाने बाटोमा भारत जयनगर बाट बसबिट्टा तर्फ भारतीय नम्बर प्लेटको मोसा सवार भई जादै गरेको जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ मा बस्ने राम दियाल कारकको छोरा अन्दाजी बर्ष ४५ को सन्जय कारकलाई शंका लागी चेकजाँच गर्दा उनको शरिरको कम्मरमा बाँधिएको हरियो कपडा, दुबै तिघ्रा र घुँडा भन्दा मुनि लगाईएको हरू बाट स्रोत नखुलेको १६ लाख ३८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहका प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र पासवानले जानकारी दिए ।