+
+
0 Shares

नेकपा एमाले धनुषामा नयाँ नेतृत्वको सपथ, भोला यादव अध्यक्षमा चयन

starkhabar mukesh9801061609
११ महिना अगाडि
0 views

जेठ-१० सिरहा।
स्टार खबर।

नेकपा एमाले धनुषाको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम जनकपुरधामस्थित निधि भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

पार्टीको अधिवेशनबाट सर्वसम्मत चयन भएका जिल्ला अध्यक्षमा भोला यादव, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दिप नारायण ठाकुर, उपसचिवमा सबिन बिक्रम थापा र रुका मिश्र तथा लेखासमितिका अध्यक्षमा बिरेन्द्र लाल कर्ण चयन हुनुभएको छ। साथै अन्य सम्पूर्ण नव-निर्वाचित सदस्यहरूले पनि सपथ ग्रहण गर्दै प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रममा पार्टीका केन्द्रिय प्रतिनिधि, स्थानीय नेता तथा उल्लेखनीय संख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा पार्टी जिल्ला इन्चार्ज क. जुलि महतोले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै धनुषा जिल्लाको समृद्धि, स्थायित्व र संगठन सुदृढीकरणमा सक्रिय योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

सपथ ग्रहणपछि नव-निर्वाचित अध्यक्ष भोला यादवले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिंदै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाउँदै जिल्लामा एमालेलाई अग्रस्थानमा पुर्‍याउन सबैलाई साथ र समर्थनको आग्रह गर्नुभयो।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।