+
+
0 Shares

गोलबजार क्याम्पस प्रमुखको लापरबाही विरुद्ध विद्यार्थी आन्दोलन : परीक्षा केन्द्र पुनःस्थापनाको माग

starkhabar mukesh9801061609
११ महिना अगाडि
2 views

जेठ ११ सिरहा।
ज्ञान कुमार राय।

सिरहाको गोलबजार-४ मा रहेको रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आइतबार बिहान क्याम्पसमा तालाबन्दी गरेका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुख किशोर कुमार साहको राजीनामाको माग गर्दै र्याली तथा प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले क्याम्पस प्रमुख साहमाथि भ्रष्टाचार, फर्जी क्याम्पस प्रमुख नियुक्ति, कोषको दुरुपयोग तथा प्रशासनिक दुव्र्यवहार लगायतका गम्भीर आरोप लगाउँदै राजीनामाको माग गरेका हुन् । उनीहरुले क्याम्पसको मूल ढोकाबाट नाराबाजी गर्दै महेन्द्र राजमार्गसम्म प्रदर्शन समेत गरे ।

विद्यार्थीहरुले क्याम्पसमा पठनपाठन सुचारु नभएको, शिक्षक समयमै नआउने, पढाइको समयमा घन्टी खाली रहने, २० हजार रुपैयाँ बुझाए पनि कुनै पनि शैक्षिक सामग्री उपलब्ध नगरिएको गुनासो गरे । उनीहरुको भनाइ अनुसार क्याम्पसमा न लाइब्रेरीको व्यवस्था छ, न ल्याबको व्यवस्था रहेको छ।

विद्यार्थीहरुले २०८२ साल जेठ १० गते क्याम्पस प्रमुख शाहलाई ज्ञापन पत्र बुझाएका थिए । तर, प्रमुखले विद्यार्थीहरुसँग गरेको सहमति अनुसार बैठक नगरेको र समस्या समाधानतर्फ कुनै पहल नगरेको भन्दै आज तालाबन्दी गरिएको विद्यार्थी नेताहरुले जानकारी दिएका छन् ।

विद्यार्थीहरुले पुस्तकालयको उचित व्यवस्थापन, क्याम्पसमा परीक्षा केन्द्र पुनःस्थापनाको माग गर्दै आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । माग पूरा नभए सडक बन्द गर्ने र पुनः प्रदर्शनमा उत्रिने उनीहरुको घोषणा छ ।

विद्यार्थीहरुको आन्दोलनका कारण क्याम्पसको पठनपाठन पूर्ण रुपमा ठप्प भएको छ भने स्थानिय सुरक्षा निकाय समेत सतर्क बनेका छन् ।