+
+
0 Shares

सिरहामा गर्मीका कारण सामुदायिक र निजी विद्यालय दुई दिन बन्द हुने

starkhabar mukesh9801061609
१२ महिना अगाडि
1 views

सिरहा, २८ जेठ।
स्टार खबर ।

पछिल्लो केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिरहाका विद्यालयहरू दुई दिनका लागि बन्द गराएको छ। अत्यधिक गर्मीले गर्दा विद्यार्थीको दैनिक पठनपाठन प्रभावित भएको र स्वास्थ्यमा समेत असर पुग्ने जोखिम बढेको भन्दै जिल्लाकाा स्थानीयतहहरुले विहिवार र शुक्रार दुईदिनका लागि विद्यालय बन्द गराएको हो।

अत्यधिक गर्मिका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको जनाउँदै जिल्लाका स्थानीयहरुहरुले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय वर्षे विदाबाट कट्टाहुने गरी दुई दिन बन्द गरिने सूचना सार्वजनिक गरेको छ।

सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका, धनगढीमाई, गोलबजार, कल्याणपुर, सिरहा नगगरपालिका तथा अर्नमा, नरहा, बरीयारपट्टी गाउँपालिकाले सूचना प्रकाशन गरेर दुई दिन जेष्ठ २९र ३०कोलागि विदा दिएको हो।

पछिल्लो केही दिनदेखि सिरहा लगायत तराईका जिल्लाहरुमा अत्यधिक गर्मि बढेको छ। गर्मिका कारण विद्यार्थीहरु विरामी पर्न थालेका छन्।