+
+
0 Shares

सिरहामा वनकर्मी र प्रहरीको मिलेमतोमा ग्राभेल माफियाको आतंक , स्थानीय त्रसित

starkhabar mukesh9801061609
१० महिना अगाडि
0 views

सिरहा ३१ जेठ।
स्टार खबर।

सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खन्न् गरीरहेको पाइएको छ।
ऐलानी तथा सामुदायीक वनका जग्गाहरुमा ग्राभेल माफियाहरुले रातीको समयमा वनका कर्मचारी तथा प्रहरी प्रशासनसंगको आर्थिक मिलेमतोमा ग्राभेल उत्खन्न् गरीरहेको पाइएको हो।
गए राती गोलवजार नगरपालिका २ मुक्सारबाट सामुदायीक वन तथा ऐलानी जग्गाहरुबाट अवैध रुपमा उत्खन्न् गर्ने जेसिभि एकथान र एक थान ट्रिफरलाई अवैध रुपमा ग्राभेल उत्खन्न् गर्ने क्रममा वन कार्यालयले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएका उक्त जेसिभि र स १ त ८३६ नम्वरको ट्रिफरलाई शुक्रवार वन वा ऐलानी जग्गाको अनुसन्धान नै नगरी सव डिभिजन कार्यालय गोलवजार चोहर्वाका कार्यालय प्रमुख आवेद हुसेनले छोडि दियो।
कार्यालय प्रमुख आवेदले मोटो रकम लिएर निजि अवादी जग्गा रहेको भन्दै जरीवानाका लागी जिल्ला समन्वय समितिलाई चिट्ठी पठाइएको जनाइएको छ। कार्यालय प्रमुख हुसेनले ग्राभेल उत्खन्न्को क्रममा पक्राउ गरेको जेसिभि र ट्रिफर साहु स्थानिय ठेक्केदार विजय साहसंग आर्थिक चलखेलगरी निजि अवादीको झुठा कागज गरी जेसिभि, ट्रिफर र ड्राइभरलाई समेत छोडिएको प्रत्यक्षदर्शीहरु बताउँछन्।

ठेक्केदार साह विगत ७ वर्षदेखि यी क्षेत्रहरुका ऐलानी पर्ती तथा सामुदायीक वनको जग्गाहरुबाट स्थानिय जनप्रतिनिधि तथा वनकर्मचारीहरुकै सेटिङमा प्राकृतीक श्रोत माथी व्यापक दोहन गरीरहेको प्रत्यक्षदर्शीहरुको भनाई छ।

रातीको समयमा अबैध रुपमा ग्राभेल तथा खोलाको समेत वालुवा गिट्टी चोरी निकासि गरेको बारे सम्वन्धित निकायलाई जानकारी गराउँदा समेत उत्खन्न् भन्ने नरोकिएको स्थानिय शिव थापाको गुनासो छ। उनी भन्छन्, ‘राती उत्खन्न् भैरहेको कुरा वन, स्थानिय प्रहरी र सम्वन्धित निकायका सबैलाई जानकारी गराउँदा समेत उत्खन्न् वेरोकटोक चलिरहन्छ।
गएराती वनले नियन्त्रणमा लिएका गाडी साहु विजय साहले वनका कर्मचारीहरुलाई महिनवारीकै रुपमा मोटो रकम बुझाउने गरेको उनको दावी छ।’
पछिल्लो सात वर्षदेखि ग्राइभेल माफियाहरुले यो क्षेत्रको करिव विसौ विघा जमिनबाट नियामक निकायकै मिलेमतोमा अवैध रुपमा प्राकृतीक स्रोत नै मासिने गरी व्यापक उत्खनन् गरेको स्थानिय राम प्रकाश यादबले बताए। उनले भने, ‘सिरहाका नियामक निकायका पदाधीकारीहरु नै विकाउ भएपछि ग्राइभेल माफियाहरुले यस क्षेत्रमा एकछत्रीय राजनै चलाएको छ।’
यता, सोही विषयमा सव डिभिजन कार्यालय प्रमुख आवेद हुसेनलाई ऐलानीबाट उत्खन्न् गरीरहेको अवस्थामा जेसिभि र ट्रयाक्टर समात्नु भएको हो? भनि प्रश्नगर्दा
उनले, ‘ ऐलानी वा निजि भन्ने यकिन गर्न सकिएन तर स्थानियहरुको भनाइ अनुसार पक्राउ गरिएका जेसिभि र ट्रिफर चाँही निजि जग्गामा माटो सम्याउने काम गरीरहेको थिायो । ट्रिफरमा लोड केहि थिएन र पनि हामीलाई स्थानियले दवाव दिएपछि ती दुईगाडी नियन्त्रणमा लिएका थियौं। तर, भोली पल्ट एकजना स्थानियले यो मेरो जग्गा हो भनी दावी गरेकोले जेसिभि र ट्रिफरलाई जरिवाना काट्न लगाएर छोडिएको स्विकार गरे।’
तर, डिभिजनल वन कार्यालयबाट आएका एकवजा वनकै कर्मचारीले भने, ‘खेत सम्याउन ट्रिफरको आवश्यकता नै पर्दैन। सव डिभिजनका प्रमुख जावेद हुसेनको दावीलाई उनले उहाँले भनेको यो सवै झुठो हो। कार्यालय प्रमुख हुसेनले मोटो रकम लिएर ऐलानी जग्गालाई निजि वनाइएको हो। यसमा उनको सेटिङ रहेको उनले पनि दावी गर्छ। यो सेटिङ विना सम्भव नै छैन्।’

उक्त क्षेत्रबाट व्यापक रुपमा वनको र ऐलानीपर्तीहरु फडानीगरी ग्राभेल उत्खन्न् भैईरहेको सव डिसभजन कार्यालय चोहर्वा र इलाका प्रहरी कार्यालय मातहत मुक्सार प्रहरीचौकीमा पटक–पटक जानकारी गराउदाँ समेत समयमा प्रहरीहरु नआउनालेपनि यीनीहरुको सेटिङ रहेको पुष्टि गर्छ।
सिरहाको उत्तरी चुरे क्षेत्रमा हुने अवैध उत्खनन्ले स्थानियहरु त्रसित बनिसकेका छन्।