+
+
0 Shares

गोलबजारमा प्रेम सम्बन्धको विवादले उग्र रूप, किशोरीको छुरा प्रहारबाट युवक गम्भीर घाइते

starkhabar mukesh9801061609
१० महिना अगाडि
0 views

सिरहा, ५ असार।
ज्ञान कुमार राय।

सिरहाको गोलबजारमा प्रेम सम्बन्धका कारण उत्पन्न विवादले उग्र रूप लिँदै एक किशोरीले आफ्नै प्रेमी भनिएका युवकमाथि छुरा प्रहार गरेकी छन्। घटनामा गोलबजार नगरपालिका–१३ घर भई वडा नम्बर–४ बस्ने २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका छन्।

घाइते युवकको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। छुरा प्रहारपछि भाग्ने क्रममा घाइते भएकी किशोरीलाई स्थानीय लाइफ लङ्ग अस्पतालमा प्राथमिक उपचार गराई नियन्त्रणमा लिइएको र हाल जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार पछिल्ला केही दिनदेखि ती किशोरी पटक–पटक युवकको डेरामा जाने गरेको र आज पनि कोठामा पुगेको केही समयमै विवाद भई छुरा प्रहारको घटना भएको बताइएको छ।

किशोरीले आफूलाई जवरजस्ती गर्न खोजेपछि आत्मरक्षार्थ छुरा प्रहार गरेको दाबी गरेकी छिन् भने घटनाबारे स्वतन्त्र सत्यतथ्य पुष्टि भने हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलबाट तरकारी काट्ने चक्कु बरामद गरिएको छ।हाल केटा र केटी दुबै स्थानीय अस्पतालमा उपचाररत छ्न। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र कुमार पासवानले घटना पुष्टि गर्दै विस्तृत विवरण संकलन भइरहेको जानकारी दिएका छन्।