+
+
0 Shares

सिरहा प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवान ‘Police of The Month’ घोषित

starkhabar mukesh9801061609
१० महिना अगाडि
0 views

सिरहा, ५ असार ।
स्टार खबर।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारीमा उच्च लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सिरहा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) बिरेन्द्र कुमार पासवानलाई “Police of The Month” घोषणा गरिएको छ ।

सिरहा जिल्ला प्रहरी कार्यालयले २०८२ साल जेठ महिनाकोलागि प्र.ना.उ. पासवानलाई संगठनको श्रीवृद्धि, नागरिकसँगको सम्बन्ध सुदृढीकरण तथा शान्ति सुरक्षा कायममा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान स्वरूप सो उपाधि प्रदान गरेको हो ।

पासवानले आफ्ना कर्तव्य निर्वाहका क्रममा संगठनले तोकेको जिम्मेवारीलाई पूर्णत: इमान्दारिताका साथ पूरा गर्दै सर्वसाधारण नागरिकमा सुरक्षा अनुभूति गराउन सफल भूमिका निर्वाह गरेका थिए । साथै, उनी सूचना व्यवस्थापन तथा प्रहरी–सर्वसाधारण समन्वयमा समेत क्रियाशील रहँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले ‘Police of The Month’ बाट सम्मानित गर्दै आगामी दिनमा समेत यस्तै उत्कृष्ट कार्य प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको छ ।