+
+
0 Shares

मिर्चैयाको १५औं नगरसभाबाट २०८२/८३ का लागि ऐतिहासिक बजेट सार्वजनिक,समावेशी योजना र दिगो विकासमा जोड

starkhabar mukesh9801061609
१० महिना अगाडि
0 views

असार ८ सिरहा।
स्टार खबर।

सिरहाको मिर्चैया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७० करोड ११ लाख ७१ हजार ८ सय ८३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री संजयकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न १५औं नगरसभा अधिवेशनमार्फत नगरप्रमुख श्रवणकुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन्।

वन मन्त्री यादवले नगरपालिकाले स्थानीय तहबाट सञ्चालित दिगो विकास तथा वातावरणमैत्री पहलको प्रशंसा गर्दै समावेशी र स्थानीय आवश्यकता अनुरूपका योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए।

नगरप्रमुख यादवले बजेट प्रस्तुत गर्दै नगरवासीले दिएको विश्वास र जिम्मेवारीलाई उच्च सम्मान गर्दै समृद्धि र विकासतर्फ निष्ठापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाए। साथै, बजेट निर्माणमा साथ दिने सम्पूर्ण नगरसभा सदस्य, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गरे।

बजेट विवरण यस्तो छः-
आन्तरिक आय, मौज्दात तथा विभिन्न तहका सरकारबाट प्राप्त अनुदान र बाँडफाँडको आधारमा बजेट व्यवस्था गरिएको छ।
आन्तरिक आय र मौज्दात — रु. १४ करोड
नेपाल सरकारबाट राजस्व बाँडफाँड — रु. १२ करोड ४६ लाख ६ हजार ४३
प्रदेश सरकारबाट राजस्व बाँडफाँड — रु. ९४ लाख १० हजार ४०
साँव्त अनुदान (नेपाल सरकार) — रु. २१ करोड
विशेष अनुदान (नेपाल सरकार) — रु. ७६ लाख
सम्पूरक अनुदान (नेपाल सरकार) — रु. ९० लाख
वित्तीय समानीकरण (नेपाल सरकार) — रु. ३ करोड १६ लाख
सशर्त अनुदान (प्रदेश सरकार) — रु. ९३ लाख
वित्तीय समानीकरण (प्रदेश सरकार) — रु. ९ लाख ५० हजार
विशेष अनुदान (प्रदेश सरकार) — रु. १ करोड
सम्पूरक अनुदान (प्रदेश सरकार) — रु. ३० लाख

नगरसभाले उक्त बजेटलाई सर्वसम्मत रूपमा पारित गर्ने तयारी गरेको जनाएको छ। १५औं नगरसभा मिर्चैयास्थित होटल रामजानकीमा आयोजना गरिएको थियो।