+
+
0 Shares

सिरहा:विष्णुपुर गाउँपालिकाको ४३ करोड बजेट सार्वजनिक, पूर्वाधार र आर्थिक समृद्धिमा जोड

starkhabar mukesh9801061609
१० महिना अगाडि
0 views

असार-११सिरहा ।
सोनु मिश्र ।

सिरहाको विष्णुपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड ९४ लाख ५१ हजार २ सय ५१ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँसभाको ११ औँ अधिवेशनमार्फत पारित गरिएको बजेटमा पूर्वाधार विकास, आर्थिक वृद्धि र सामाजिक सेवा विस्तारलाई विशेष प्राथमिकता दिइएको छ।

गाउँपालिकाले प्रशासनिक खर्चमा २० करोड ६२ लाख, गौरवका आयोजनामा ३ करोड, सम्पूरक कोषमा ३ करोड ७५ लाख, सशर्त अनुदान कार्यक्रममा ६ करोड ७२ लाख, विषयगत शाखाका कार्यक्रमहरूमा १ करोड ७२ लाख, तथा आफैं सञ्चालन गर्ने योजनाहरूमा ३ करोड १२ लाख ९३ हजार रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै वडास्तरीय पुँजीगत बाँडफाँडका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ।

गाउँपालिकाले बजेटमार्फत घर निर्माणमा अनुत्पादक खर्च न्यूनीकरण गर्न निःशुल्क परामर्श सेवा, सडक मापदण्ड पुनरावलोकन, भौतिक संरचनाको नियमित मर्मत, एक वडा एक कालोपत्रे सडक कार्यक्रम, ऐतिहासिक स्थल संरक्षण, निजी तथा गैरसरकारी लगानी प्रोत्साहन लगायतका योजना अघि सारेको छ। साथै अपाङ्ग, बाल तथा वातावरणमैत्री पूर्वाधार विकास गर्ने कार्यक्रमसमेत बजेटमा समेटिएको छ।

गाउँपालिकाका अध्यक्षले आगामी वर्षलाई समृद्धि र पूर्वाधार सुदृढीकरणको आधार वर्ष बनाइने प्रतिवद्धता व्यक्त गर्दै जनताको सहभागितामा योजनाहरू प्रभावकारीरूपमा कार्यान्वयन गरिने बताए।