+
+
0 Shares

सिरहा माडर बोर्डरबाट डाँका र संगठित अपराधका फरार प्रतिवादी सुजन विक पक्राउ

starkhabar mukesh9801061609
१० महिना अगाडि
0 views

असार १२- सिरहा।

तीन वर्षदेखि फरार रहँदै आएका डाँका र संगठित अपराध मुद्दाका प्रतिवादी सुजन विक पक्राउ परेका छन्। उदयपुर त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजन विक उर्फ सुजेन्द्र लोहनीलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले भारतमा लुकीछिपी बस्दै आएका बेला सिरहा नगरपालिका–१७ स्थित खैरटोका बोर्डर क्षेत्रबाट पक्राउ गरेको हो।

२०७९ फागुन १० गते मिर्चैया नगरपालिका–३, बताहा पुल नजिक ९ लाख रुपैयाँ लुटपाट घटनामा संलग्न लोहनी लामो समयदेखि फरार थिए।

ग्लोबल आइएमई बैंक कल्याणपुर शाखाका कर्मचारीले मिर्चया शाखाबाट ९ लाख रुपैयाँ झिकेर ल्याउँदै गर्दा यमाहा एमटी र टिभीएस अपाचे मोटरसाइकलमा आएका लोहनीसहित चार जनाको समूहले बाटोमै रोक्दै बैंक कर्मचारी र सुरक्षार्थ खटिएका प्रहरी जवान निकेश खवासलाई हतियार देखाई कुटपिट गर्दै रकम लुटेर फरार भएका थिए।

प्रहरीले लामो समयको खोजी र सूचना संकलनपछि लोहनीको उपस्थिति खैरटोका क्षेत्रमा पत्ता लगाई असार १२ गते राति १ बजे पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका लोहनीलाई आवश्यक कानुनी कारबाहीका लागि सिरहा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। बाँकी फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रबक्ता डिसपि बिरेन्द्र कुमार पासवानले जानकारी दिएको छ।