+
+
0 Shares

सिरहामा चिकित्सकको लापरवाहीले बालकको ज्यान गएपछि तनाव : आक्रोशित भीडको ढुंगामुढा, प्रहरी हवाई फायर”

starkhabar mukesh9801061609
१० महिना अगाडि
0 views

सिरहा, १५ असार।
स्टार खबर।

प्रादेशिक अस्पताल सिरहाका चिकित्सको लापर्वाहीका बालकको मृत्यु भएको भन्दै आफन्त र स्थानीयवासीले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्। सिरहा नगरपालिका ६ बसविट्टाका १० वर्षीय बालक राजन महराको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित स्थानियले प्रदर्शनसहित सडक जाम गरेका हुन्।

आज सिरहा सदरमुकाम र प्रादेशिक अस्पतालको अवस्था तनावग्रस्त भएको थियोे । प्रहरीले भिड शान्त पार्न एक राउन्ड हवाई फाएर र चारसेल आँसु ग्याससमेत फायर गरेका छन्।

आक्रोशिष आन्दोलनकारीको गरेको ढुङ्गामुडाबाट ९ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिरी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए।

आन्दोलनकारी तर्फपनि घाइते भएको सूचनाहरु आएपनि संख्या एकीन हुन सकेको छैन।

मृतक राजन महरा झल्कु महराका छोरा हुन्। उनलाई केही दिनदेखि ज्वरो आईरहेकोले प्रादेशिक अस्पतालमा चेकजाँचका लागि ल्याइएको थियो। अस्पताल पु¥याएपछि दूध र बिस्कुट खुवाएर सुई लगाउने वित्तिकै बालक चिच्याउन थाले र आमा, आमा भन्दै अन्तिम सास तोडेको राजनकी ठुलीआमा सोभा महराले बताइन्। बालकको मृत्युको अवरले उनको आमा बेहोस भएकी छिन् र अहिले उपचारमा छिन्।

दोषी चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि कारबाहीको माँग गर्दै उनीहरुले प्रर्दशन गरेका छन्। चिकित्सको लापर्वाहीका कारण बालकको मृत्यु भएको आफन्तको आरोप छ।

उपचारमा संलग्न चिकित्सक सुदेश कुमार यादवले बालको अवस्था अत्यधिक कमजोर र रगतको मात्रा धेरै कम रहेको बताए। तत्काल गरत लगाउनुपर्ने अवस्थाको विरामी रहेको चिकित्सको भनाई रहेको छ। अस्पताल परीसरमै रहेको रेडक्रसको ल्बड बैंकमा रगत अभाव रहेको बताइएको छ।

सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजित यादवले प्रादेशिक अस्पतालमा पटक–पटक यस्ता घटना दोहोरिइरहेको बताए। उनले यसअघि पनि सुधारका लागि आग्रह गर्दा बेवास्ता गरिएकाले अध्यक्ष सोहेन्द्र यादवले राजीनामा दिनुपर्ने माँग गरे।

प्रहरीले बालकको मृत्यु प्रकरणबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ।