+
+
0 Shares

स्वालम्बन लघुवित्तीय वित्तीय संस्था लिमिटेडद्वारा विष्णुपुरमा फलफूलको बिरुवा वितरण

starkhabar mukesh9801061609
१० महिना अगाडि
0 views

सिरहा, असार १७।
स्टार खबर।

स्वालम्बन लघुवित्तीय वित्तीय संस्था लिमिटेड उपशाखा कार्यालय विष्णुपुर सिरहाले आफ्ना सदस्यहरूलाई लक्षित गरी फलफूलको बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
‘स्वच्छ लघुवित्त हाम्रो पहिचान’ भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि स्वालम्बन लघुवित्तीय वित्तीय संस्था लिमिटेड इलाका कार्यालय लाहान सिराहाका इलाका प्रबन्धक श्री तारनीप्रसाद यादव रहनुभएको थियो। विशेष अतिथिका रूपमा इलाका प्रहरी कार्यालय विष्णुपुरका प्रमुख श्रीदेवकृष्ण मर्वैता यादवको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन स्वालम्बन लघुवित्तीय वित्तीय संस्था लिमिटेड विष्णुपुर उपशाखाका वरिष्ठ सहायक श्री श्यामसुन्दर मरैता यादवले गर्नुभएको थियो भने अध्यक्षता नरहा गाउँपालिका वडा नं ४ की श्रीमती त्रिपुरा झाले गर्नुभएको थियो।

उक्त कार्यक्रममा बोल्दै कार्यालय प्रमुख रामेश्वर मेहताले वातावरण प्रदूषण र कार्बनडाइअक्साइडको मात्रा दिनानुदिन बढ्दै गएकोले बोट बिरुवा रोप्नु अत्यावश्यक रहेको बताउनु भयो। ‘‘बोट बिरुवाले वायुमण्डलबाट कार्बनडाइअक्साइड सोस्ने र अक्सिजन प्रदान गर्ने भएकाले वातावरण स्वच्छ बनाउन सहयोग पुग्छ,’’ मेहताले भन्नुभयो। साथै, फलफूलका बिरुवाबाट सदस्यहरूको दीर्घकालीन आम्दानीमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी सदस्यहरूलाई विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको थियो। कार्यक्रममा स्थानीय सरोकारवालाको समेत उपस्थिति रहेको थियो।