+
+
0 Shares

सिरहा:कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ

starkhabar mukesh9801061609
११ महिना अगाडि
1 views

असार-३१ सिरहा।

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार दिउँसो उनलाई नगरपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार दिउँसो करिब १:४५ बजे साह उपभोक्ता समितिबाट पूर्ण भुक्तानीका लागि एक लाख रुपैयाँ घुस लिइरहेका थिए।

सोही क्रममा अख्तियार टोलीले उनलाई नगद रकमसहित रंगेहात समातेको हो।
पक्राउ परेका मेयर साहलाई हाल थप अनुसन्धानका गरिने अख्तियारको बर्दिबास स्रोतले जनाएको छ । घटनासम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिने जनाएको छ।