+
+
0 Shares

सिरहाको सुखिपुरबाट ७ क्विन्टलभन्दा बढी गाँजा बरामद, घरधनी फरार

starkhabar Sonu Mishra
९ महिना अगाडि
1 views

सिरहा, २ साउन।
स्टार खबर।

सिरहा प्रहरीले शुक्रबार बिहान सुखिपुर नगरपालिका–४ स्थित पोखरिया गाउँबाट ७ क्विन्टल १७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीको संयुक्त टोलीले ६० वर्षीय मेदि यादवको घरबाट २७ वटा पोका (बोरामा) गाँजा फेला पारेको हो।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बलको बेस क्याम्प सुखिपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा यादवको घरमा लुकाई राखिएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी बीरेन्द्र कुमार पासवानले जानकारी दिए।

बरामद पोका मध्ये प्रारम्भिक जाँचमा २६ वटा फेला परेको र अनुसन्धानका क्रममा थप १ पोका फेला परेको प्रहरीले जनाएको छ। यद्यपि, गाँजा राखिएको घरका मालिक मेदि यादव भने हाल फरार छन्। प्रहरीले उनको खोजतलास तीव्र पार्दै अनुसन्धान जारी राखेको जनाएको छ।

बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको छ।