+
+
0 Shares

पत्रकारमाथि ज्यान मार्ने धम्की : स्वतन्त्र प्रेसमाथि खतरा

starkhabar Sonu Mishra
१० महिना अगाडि
1 views

सिरहा, असार ५।
स्टार खबर।

सिरहाको बिष्णुपुरदेखी सञ्चालित प्रदेश टाइम्स राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार र ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ।

विष्णुपुर गाउँपालिका सम्बन्धी सार्वजनिक सरोकारको विषयमा समाचार प्रकाशन गरेकै कारण यादवमाथि स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवन गरी गालीगलौज, दुर्व्यवहार र फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन्।

गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट वितरण गरिएको विषयमा पत्रकार यादवले समाचार लेखेपछि उनीमाथि गरिएको आक्रमण प्रेस स्वतन्त्रतामाथि सिधा हमला हो।

नेपाल पत्रकार महासंघ सिराहा शाखा र प्रादेशिक कार्य समिति मधेश प्रदेशले घटनाको कडा शब्दमा भर्त्सना गर्दै दोषीहरूलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। महासंघले यस्ता घटनाहरू कुनै हालतमा स्वीकार्य नहुने जनाउँदै सम्पूर्ण सञ्चारकर्मीहरूलाई धैर्य, एकता र प्रेस स्वतन्त्रताको पक्षमा संगठित र सतर्क रहन आग्रह गरेको छ।

स्वतन्त्र पत्रकारिताको स्वर दबाउने प्रयास कदापि स्वीकार्य हुँदैन महासंघ यस घटनाले बिष्णुपुर क्षेत्रमा प्रेस स्वतन्त्रताको अवस्था कति नाजुक छ भन्ने कुराको गम्भीर सन्देश दिएको छ।