+
+
0 Shares

जग्गा वर्गीकरणमा ढिलाइ : वर्षौंदेखि समस्यामा बिष्णुपुरका किसान

starkhabar Sonu Mishra
९ महिना अगाडि
1 views

असार-१६ सिरहा।
स्टार खबर।

सिरहाको बिष्णुपुर गाउँपालिकामा जग्गा वर्गीकरण प्रक्रिया वर्षौंदेखि अघि नबढ्दा, स्थानीय किसानहरू कानुनी, आर्थिक र सामाजिक समस्याको चपेटामा परिरहेका छन्।

वर्गीकरणको अभावले कृषियोग्य जमिन, बस्ती क्षेत्र र सार्वजनिक भूमि बीच स्पष्ट सीमांकन हुन नसक्दा, किसानहरू सरकारी सेवा–सुविधा, अनुदान, तथा सहुलियत ऋणबाट बञ्चित भइरहेका छन्।

कृषिमा असर, प्रशासन बेखबर भने जस्तै
सरकारले वर्गीकरणलाई कृषि पूर्वाधारको मेरुदण्ड माने पनि बिष्णुपुर गाउँपालिकाले अहिलेसम्म यो कार्य प्रारम्भ गर्न सकेको छैन। यसबाट किसानहरुलाई बैंकहरू कृषिऋण दिन अस्वीकार गर्छन्,सरकारले वर्गीकरणको आधारमा मात्र अनुदान दिन्छ र किसानहरू कागजी प्रक्रियामा अड्किएर समस्यामा परेका छन्।

स्थानीय किसानहरु भन्छन् “खेती गर्छौं, तर वर्गीकरण नभएको भन्दै न बैंकले ऋण दिन्छ, न सरकारबाट सहयोग पाइन्छ। प्रशासन मौन छ।“खेतीको लागि जमिन छ, तर कागजले चिन्दैन। हामी किसानहरू बीचमै अल्मलिएका छौं।”

वर्गीकरण प्रक्रिया सुरु गर्ने तयारी भए पनि प्राविधिक इन्जिनियर दिनेश यादवको कमजोरीका कारण काम अघि बढ्न सकेको छैन।
तर आफू अनुकूल संस्था नपाएपछि यादवले फाइल प्रक्रिया रोकिदिएका छन् भनी श्रोतले बताए ।

कृषि र योजनाविहीन शहरीकरण
वर्गीकरण अभावले दीर्घकालीन समस्या निम्त्याइरहेको छ।जसले भूमि व्यवस्थापन प्रणालीमा गहिरो असर पारिरहेको छ।

प्रशासनिक निकायहरूका अनुसार, वर्गीकरण आवश्यकतासम्बन्धी पत्राचार:
भूमि व्यवस्था मन्त्रालय,
जिल्ला समन्वय समिति,
र मालपोत कार्यालयमार्फत समयसीमा सहित भइसकेको छ।
तर कार्यान्वयनमा कुनै प्रगति नदेखिनु, पालिकाको दायित्वहीनता र प्राविधिक कमजोरीको संकेत हो। सिरहाका केही पालिकाहरूमा आंशिक रूपमा वर्गीकरण सम्पन्न भए पनि, बिष्णुपुर गाउँपालिका भने पूर्ण रुपमा पछि परेको छ।

बिष्णुपुर गाउँपालिकामा जग्गा वर्गीकरणको ढिलाइले किसानहरुमा आजीविका संकटमा पारेको,कृषि क्षेत्र कमजोर बनाएको,
र अनियोजित शहरीकरण बढाएको पुष्टि भएको छ।
यस समस्याको दीर्घकालीन असर गम्भीर हुन सक्ने भएकाले, प्राविधिक जवाफदेहिता सुनिश्चित गर्दै तुरुन्तै वर्गीकरण प्रक्रिया थालनी गर्नुपर्ने आवश्यकता स्थानीयवासी र कृषि विज्ञहरूले जोड दिएका छन्।