+
+
0 Shares

सिरहा :८८ वर्षीय वृद्धको हत्या प्रकरणमा दुई जना पक्राउ

starkhabar Sonu Mishra
८ महिना अगाडि
0 views

साउन -२९ सिरहा।
स्टार खबर।

सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोल निवासी लहान नगरपालिका–२४ मल्हनामाका ८८ वर्षीय फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन्। अनुसन्धान अनुसार उनीहरू चोरी गर्ने उद्देश्यले वृद्धको घरमा पसेका थिए। घरभित्र छिरेपछि फनिलाल हल्ला गर्न थालेपछि चौधरीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

घटनास्थलबाट खुकुरी र चप्पल बरामद गरिएको छ। साउन १४ गते भएको घटनापछि सीसीटीभी फुटेज र घटनास्थलमा छुटेको चप्पलका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा साउन २३ गते मण्डल पक्राउ परे र उनको बयानका आधारमा चौधरीलाई साउन २७ गते पक्राउ गरिएको हो।

घटनाबारे इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय, मधेस प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले छानबिन गरिरहेको छ। जिल्ला अदालतले कर्तव्य ज्यान कसुरमा दुवै अभियुक्तलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले जानकारी दिए।