+
+
0 Shares

“सुरक्षास्थलमै असुरक्षा: ईलाका प्रहरी कार्यालय बिष्णुपुरमा गाडीका पार्टपुर्जा हराउने क्रम”

starkhabar Sonu Mishra
८ महिना अगाडि
0 views

साउन -३०सिराहा ।
स्टार खबर

सिरहाको ईलाका प्रहरी कार्यालय बिष्णुपुरमा प्रहरी परीसरबाटै गाडीका पार्टपुर्जा हराउने क्रमको घटना बाहिरीएको छ।
इलाका प्रहरी कार्यालय विष्णुपुरमा मुद्दामा परेर राखिएका मोटरसाइकल तथा सवारीसाधनका ब्याट्री र अन्य पार्टपुर्जा हराउने क्रम बढ्दै गएको स्थानीयहरुको गुनासो छ। प्रहरी परिसरभित्रै भएको यस्तो घटनाले सुरक्षा निकायप्रतिको जनविश्वासमा प्रश्न उठाएको छ।

हालै विष्णुपुर गाउँपालिका–१ का रञ्जित यादवको नाममा दर्ता भएको स.४ प.१९४३ नम्बरको डिस्कोभर मोटरसाइकल दुर्घटनापछि प्रहरीको नियन्त्रणमा राखिएको थियो। करिब डेढ महिना थानामा राखिएपछि मुद्दा मिलाएर निकालेको र उक्त गाडी ग्यारेजमा जाँच गर्दा नयाँ ब्याट्रीको साटो पुरानो ब्याट्री राखिएको भेटिएको पीडितको आरोप छ। पीडितका अनुसार, दुर्घटनाको दुई महिना अघि मात्रै नयाँ ब्याट्री जडान गरिएको थियो।

यस बारेमा इलाका प्रहरी कार्यालयका इन्चार्ज देव कृष्ण मरैता यादवले आफू आएपछि यस्तो कार्य हुन नदिएको दाबी गर्दै, पहिलाको अवस्थाबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
तर, सोही कार्यालयमा कार्यरत प्रहरीका
अनुसार, यसअघिको इन्चार्ज सय राम एकवाल यादव र असय बिरेन्द्र यादवको पालामा स्थानीय ग्यारेजका मिस्त्रीलाई बोलाएर थानामा राखिएका गाडीबाट गुणस्तरीय पार्टपुर्जा निकालेर अफिसकै गाडीहरूमा लगाउने साथै पुरानो निकालिएका सामग्री बिक्री वितरण गर्ने काम हुने गरेको थियो।

स्थानीयवासी र पीडितहरू भन्छन् — “जब प्रहरी कार्यालयमै राखिएको गाडीको पार्टपुर्जा चोरी हुन्छ भने बाहिरको सुरक्षा कसरी हुने ?”

यद्यपि, आरोपित असय बिरेन्द्र कुमार यादव हाल पनि सोही कार्यालयमा कार्यरत रहेको बताइएको छ। घटना बारेमा थप छानबिन र स्पष्टिकरणको माग गर्दै स्थानीयहरूले प्रहरी प्रशासनलाई जवाफदेही बन्न आग्रह गरेका छन्।