+
+
0 Shares

भारत: जयनगरमा SSB को सफलता अवैध हतियारसहित एक पक्राउ

starkhabar Sonu Mishra
८ महिना अगाडि
0 views


भादौ-४।
स्टार खबर।

भारत मधुबनी जिल्लाको जयनगरस्थित ४८औँ वाहिनी सशस्त्र सीमा बल (SSB) अन्तर्गत समवाय कमलाले सोमबार एक अभियुक्तलाई अवैध हतियारसहित नियन्त्रणमा लिएको छ।

उप कमाण्डेन्ट विवेक ओझाबाट प्राप्त गुप्त सूचनाका आधारमा सञ्चालन गरिएको गस्तीका क्रममा दिउँसो कोरियाहा गाउँ नजिक चेकजाँच गर्दा ३० वर्षीय मधुबनी, खजौली थाना–महुआपट्टी निवासी युवकबाट १ थान देशी कट्टा र १७ राउन्ड गोली बरामद भएको बताइएको छ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जयनगर प्रहरीलाई बुझाइएको छ। सशस्त्र सीमा बल(SSB)का अधिकारीहरूका अनुसार यो कारबाहीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।