+
+
0 Shares

सिरहा:बिष्णुपुरमा लागुऔषधसहित ३ जना पक्राउ

starkhabar Sonu Mishra
८ महिना अगाडि
0 views

भदौ ४ सिरहा।
स्टार खबर।

सिरहाको बिष्णुपुर गाउँपालिका–१ मा प्रहरीले लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बिष्णुपुरको टोलीले गोप्य सूचनाका आधारमा प्रदेश–२–०१–००१ज ००४३ नम्बरको विइङगर गाडीलाई बिष्णुपुर प्रहरी कार्यालय अगाडि रोकेर चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो।

प्रहरी नायब निरीक्षक देवकृष्ण मरैता यादवको कमाण्डमा खटिएको टोलीले मकवानपुर हेटौडा उपमहानगरपालिका–१५ बस्ने ३८ वर्षीय दिनेश सुनारको पाइन्टको खल्तीबाट प्लास्टिकमा प्याक गरिएका दुई पोका लागुऔषध (खैरो हेरोइन जस्तो देखिने) बरामद गरेको जनाएको छ। बरामद गरिएको लागुऔषधको तौल ७ ग्राम ३१० मिलिग्राम रहेको छ।

सोही क्रममा दिनेश सुनारसँगै रहेका उनका साथीहरू २९ वर्षीय विशाल गोले र ३८ वर्षीय इन्द्र सुनारलाई समेत नियन्त्रणमा लिइएको र साथै थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय सिरहाको प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जानकारी गराए।