+
+
0 Shares

बारा:वडाध्यक्षले कुटे शिक्षक, शरीर बन्धक तथा कुटपिट मुद्दामा पक्राउ

starkhabar Sonu Mishra
८ महिना अगाडि
0 views

भादौ-१० बारा।

बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटना सार्वजनिक भएको
छ ।
पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेका हुन् ।
शिक्षक यादवलाई अर्धनग्न बनाएर पाता फर्काए हता बाँधेर कुटपिट गरिरहेको भिडियो नै बाहिरिएको छ । उनी स्मार्ट कोचिङका शिक्षक
हुन् । घटना गत २८ साउनको हो ।केही व्यक्तिहरूले आफूलाई समातेर लगेपछि वडा कार्यालयमा बन्धक बनाएर वडाध्यक्ष कुशवाहासहितले कुटपिट गरेको पीडित शिक्षक यादवको गुनासो छ ।‘केही व्यक्तिले मलाई वडाध्यक्षले बोलाइरहेको भनेर समात्न आए । कलर समातेर लगेपछि वडाध्यक्ष कुशवाहाले नलकटुवा देखाएरभित्र बस्न भने । भित्र लगेर अर्धनग्न बनाए, हातखुट्टा बाँधे । ३/४ लात खुट्टाले हाने । त्यसपछि कुटपिट गरिरहे,’ उनले आफूमाथि भएको घटनाको वृतान्त सुनाए ।
उनका अनुसार वडाध्यक्ष कुशवाहा मादक पदार्थ सेवन गरेका थिए । त्यस बखत ८ जना बसेर रक्सी खाँदै आफूमाथि कुटपिट गरेका थिए ।वडाध्यक्ष कुशवाहाले सादा कागजातमा जबजरजस्ती औंठाछाप र हस्ताक्षर गराएको, मारेर फाल्नसम्मको धम्की दिएको उनले बताए ।
घटना लगतै पीडित शिक्षक यादवले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए । परीक्षा अभ्यासका लागि प्रश्नपत्रको फोटोकपी गराइरहेको समयमा अचानक अध्यक्षको समूहले आफूलाई समातेर लगेको पीडित शिक्षकले दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
जाहेरीको आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले प्रहरीमा पीडिले जाहेरी दिए लगतै वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए ।कुशवाहा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । घटना बाहिरिएपछि माओवादीले उनलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ ।