+
+
0 Shares

सिरहा :”लागुऔषध ब्राउनसुगरसहित सिरहामा ४ पक्राउ”

starkhabar Sonu Mishra
८ महिना अगाडि
0 views

लहान, १६ भदौ।
सिरहा ।

सिराहा प्रहरीले ४० ग्राम प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित तीन भारतीय नागरिकसहित चारजनालाई नियन्त्रणमा लिएको छ।

शनिबार राति भगवानपुर गाउँपालिका–१ भगवानपुर चोकबाट अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये भारत बिहार मधुबनी लौकही पञ्चायत झौहरी ग्राम घोवयाही–१ का २४ वर्षीय मो. मिस्टर, २३ वर्षीय मोहमद मुस्तफा, मधुबनी खुटौना पञ्चायत प्रसाही पुर्वी ग्राम मुरारपट्टि निवासी ३८ वर्षीय अख्तर हुसेन र सप्तरी खडक नगरपालिका–६ का ४२ वर्षीय आविद हुसेन रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध मात्र नभई बिआर ३२ एएक्स १४८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।