+
+
0 Shares

लहानमा आमा–छोरा मृत फेला, अर्को शिशु गम्भीर आत्महत्या गरेको प्रारम्भिक अनुमान

starkhabar Sonu Mishra
७ महिना अगाडि
0 views

सिरहा – १७ भदौ ।
स्टार खबर।

सिरहाको लहान नगरपालिका–१ मटियर्वामा आमा र छोरा मृत अवस्थामा फेला परेका छन् भने अर्को शिशु गम्भीर अवस्थामा भेटिएको छ।

लहान नगरपालिका–१२ भोटियाटोल घर भई हाल मटियर्वामा डेरा गरी बस्दै आएका प्रविण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोज चौधरी घरभित्रै मृत भेटिएका हुन्।

त्यस्तै, साथमै रहेका ९ महिनाको शिशु गम्भीर अवस्थामा फेला परेका छन्। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कैलाश राईले जानकारी दिए।

प्रारम्भिक अनुसन्धान अनुसार रञ्जिताले दुवै छोरालाई विष ख्वाएर आफैंले पासो लगाई आत्महत्या गरेको अनुमान गरिएको प्रहरीले जनाएको छ।
डिएसपी राईका अनुसार, ‘‘शवको प्रकृति हेर्दा घटनामा आत्महत्या प्रकरण हुनसक्ने देखिन्छ। बाँकी विवरण पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै खुल्नेछ।’’

घरमा चहल–पहल नदेखिएपछि स्थानीयले खुला झ्यालबाट हेर्दा रञ्जिता झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

उता, श्रीमान् प्रविण चौधरी भने ३–४ दिनदेखि घर आएका छैनन् र उनी सम्पर्कमै नरहेको प्रहरीले जनाएको छ।

शव कुहिन थालिसकेको हुँदा घटना हिजो नै भएको अनुमान गरिएको छ।

लहान नगरपालिका–१२ का वडाध्यक्ष बद्रिनारायण चौधरीका अनुसार प्रविण र रञ्जिता करिब २ वर्षदेखि घर छोडी लहान बजारमै डेरा गरी बस्दै आएका थिए। प्रविण ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको जनाइएको छ।