+
+
0 Shares

गोलबजारमा १६ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

starkhabar Sonu Mishra
७ महिना अगाडि
0 views

सिराहा,  २२ भदौ।
स्टार खबर।

सिरहा प्रहरीले गोलबजारबाट १६ ग्रामभन्दाबढी प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ३ गागनखोलाबाट १६ ग्राम १ सय मिलिग्राम ब्राउन सुगरसहित शुक्रवार राति नियन्त्रणमा लिएको हो। 
स. ७ प २५९५ नम्बरको मोटरसाइकलमा सवार गोलबाजर नगरपालिका १ बल्डडाका २२ वर्षीय दिप कुमार यादव र नरहा गाउँपालिका ५ का ३० वर्षीय ईन्द्रजित कुमार यादवलाई उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ।