+
+
0 Shares

सिरहाबाट भारतिय कैदी पक्राउ, कारागार फर्काइने तयारी

starkhabar Sonu Mishra
७ महिना अगाडि
0 views

सिरहा, २८ भदौ ।
स्टार खबर।

Gen-Z आन्दोलनको क्रममा महोत्तरीको जलेश्वर कारागार कार्यालयबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योग मुद्दामा पुर्वपक्षमा रहेका भारत मधुबनी जिल्ला, झंझारपुर थाना निवासी ३८ वर्षीय गोपाल साहलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको हो।

प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको नेतृत्वमा गएको टोलीले भारतीय प्रहरीको सहयोगमा मिति २०८२ भदौ २८ गते दिउँसो करिब ३:३० बजे साहलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सिरहा मार्फत सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।