+
+
0 Shares

“लहानमा एनसीसी क्याडेटद्वारा आन्दोलनपछिको सरसफाइ अभियान, शहर पुनः व्यवस्थित”

starkhabar Sonu Mishra
७ महिना अगाडि
0 views

भादौ-२९ सिरहा।
स्टार खबर ।

Gen-Z आन्दोलनका क्रममा सार्वजनिक स्थलहरूमा गरिएको आगजनी र अव्यवस्थित अवस्थापछि लहान शहरलाई पुनः सफा र व्यवस्थित बनाउन एन.सि.सि. अल्मुनाई एशोसिएशन सिरहाले सरसफाइ अभियान सञ्चालन गरेको छ।

जिल्ला निर्देशक लक्ष्मण शर्माको नेतृत्वमा २० जना NCC क्याडेटहरू खटिएका थिए। सडकमा छरिएका फोहर, जलेका टायर र धुवाँका अवशेष हटाउँदै उनीहरूले शहरलाई पुनः स्वच्छ र व्यवस्थित बनाउन ठूलो योगदान गरेका छन्।

स्थानीय नागरिकहरूले युवाहरूको यस पहललाई उच्च सम्मान गर्दै यसलाई “संकटपछि समाजप्रतिको जिम्मेवारीबोध” का रूपमा व्याख्या गरेका छन्।

निर्देशक शर्माले भने, “देशमा जुनसुकै परिस्थितिमा पनि युवाहरूले सामाजिक उत्तरदायित्व पूरा गर्न सक्ने क्षमता देखाउनुपर्छ। हाम्रो यो सरसफाइ अभियान त्यसकै उदाहरण हो।”

यस अभियानले आन्दोलनपश्चात् बिग्रिएको वातावरण सुधार्नुका साथै सामाजिक सचेतना र एकताप्रतिको सशक्त सन्देश दिएको स्थानीयहरूले बताएका छन्।