+
+
0 Shares

सिरहा:कल्याणपुर–९ का अध्यक्ष यादवको आरोप राजनीतिक प्रतिशोधकालागि फसाइयो

starkhabar Sonu Mishra
७ महिना अगाडि
0 views

असोज-१ सिरहा।
स्टार खबर।

सिरहाको कल्याणपुर नगरपालिका–९ का वडा अध्यक्ष विनोद कुमार यादवले जेनजी आन्दोलन (भदौ २३ र २४) का क्रममा भएको तोडफोड र आगजनी घटनामा आफूलाई योजनाबद्ध तरिकाले फसाउन खोजिएको आरोप लगाएका छन्।

मंगलबार पत्रकार सम्मेलन गरी विज्ञप्ति सार्वजनिक गर्दै अध्यक्ष यादवले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आफूविरुद्ध आएको समाचार झुठा, भ्रामक र राजनीतिक षड्यन्त्रबाहेक अरू केही नभएको दाबी गरे।

यादवले भने, “म घटनास्थलमा सार्वजनिक सम्पत्ति जोगाउन युवाहरुलाई रोक्न पुगेको थिएँ। तर युवाहरूले नमानेपछि उल्टै ममाथि आक्रमण गर्न खोजे, त्यसैले भाग्न बाध्य भएँ। तर नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा योजनाबद्ध रूपमा मलाई दोषी ठहराउन खोजिएको छ।”

उनले आफू भ्रष्टाचार र अत्याचारविरुद्ध निरन्तर बोल्दै आएको हुँदा प्रतिशोधस्वरूप मुद्दा र झूटो आरोपमा मुछिएको बताए। यादवका अनुसार, राजविराज उच्च अदालतमा उनले भ्रष्टाचार र नगरसभा अवैधानिक भएको मुद्दा दायर गरिसकेकाले त्यसकै बदला स्वरूप आफूलाई फसाउने षड्यन्त्र रचिएको हो।

वडा–११ का अध्यक्ष प्रमेश्वर साहको व्यक्तिगत फेसबुक स्टाटसलाई समेत प्रचारप्रसार गरेर गलत सन्देश दिन खोजिएको आरोप गर्दै यादवले भने, “यदि मैले गल्ती गरेको प्रमाणित भए कानुन बमोजिम सजाय भोग्न तयार छु।”