+
+
0 Shares

सिरहा: माडर बजारमा रहेको माँ काली मन्दिर परीसरमा दशैं तिहारको लक्षित गर्दै गरे सरसफाइ

starkhabar Sonu Mishra
७ महिना अगाडि
0 views

असोज -६ सिरहा।
शशि मंडल ।

सिरहा नगरपालिका १५ स्थित रहेको श्री माँ काली संरक्षण संवर्धन समितिको आयोजनामा आज(सोमबार) दशैं तिहारलाई लक्षित गर्दै मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

माँ काली मन्दिरको वातावरण स्वच्छ र आकर्षक बनाउन गरिएको सो कार्यक्रममा सम्बन्धित पदाधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, धार्मिक अगुवा तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वयंसेवकका रूपमा मन्दिर परिसर सफा सुग्घर बनाउन योगदान दिएका थिए।

कार्यक्रममा उपस्थित सहभागीहरूले यस्तो सहकार्यले सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै युवामा सेवा भाव र जिम्मेवारीबोध विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

समितिका अनुसार पर्वलाई लक्षित गरी गरिएको यो सरसफाइ अभियानले स्थानीयवासीलाई वातावरणीय सचेतना जगाउने उद्देश्य राखिएको छ।

सो अवसरमा नेपाली प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, मन्दिर समितिका अध्यक्ष अहित नारायण यादव, समाजसेवी पशुपति शाह, कसीन्द्र कुमार यादव लगायत स्थानीय युवाहरुको उल्लेखनीय उपस्थिति रहेको समितिले जनाएको छ।