+
+
0 Shares

धनुषामा झिझिया नाच हेर्न गएका दुई युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक गम्भीर घाइते

starkhabar Sonu Mishra
७ महिना अगाडि
0 views

असोज -१० धनुषा।
स्टार खबर।

धनुषाको कमला नगरपालिका–२ माचि र वडा नं. ३ लगमाबीचको खोक्साहा पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बिहीबार राति करिब १०:३० बजे झिझिया नाच हेर्न जाँदै गरेका जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव (पिता विक्रम यादव) र १६ वर्षीय कुश मिश्र (पिता देव मिश्र) को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सोही दुर्घटनामा सोही स्थानका १७ वर्षीय राहुल महतो (पिता डोमा महतो) गम्भीर घाइते भएका छन्। उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको हिरो स्प्लेंडर मोटरसाइकल तीब्र गतिमा अनियन्त्रित भई दुर्घटना भएको हो। चालकले मादक पदार्थ सेवन गरेको र घुमाउरो सडकमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

मृतकहरुको शव पोस्टमार्टमकालागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको र पछि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।

स्थानीयले दशैंतिहारमा आयोजना हुने झिझिया नाच जस्ता कार्यक्रमका क्रममा युवाहरु मादक पदार्थ सेवन गरी जोखिमपूर्ण रूपमा यात्रा गर्ने भएकाले हरेक वर्ष यसरी दुर्घटना दोहोरिने गरेको बताएका छन्।