+
+
0 Shares

सिरहा :घाँस काट्न गएकी वृद्धा मृत फेला

starkhabar Sonu Mishra
६ महिना अगाडि
0 views

असोज-१६ सिरहा।
स्टार खबर।

सिरहाको बिष्णुपुर गाउँपालिका–५ की अ.७४ वर्षीया समुन्द्री महतो (कोईरी) हिजो(बुधबार) बेलुकी घाँस काट्न गएको बेला मृत फेला परेकी छन्।
स्थानीयका अनुसार मृतक दिवंगत बैधनाथ महतोकी पत्नी हुन्। उनी बुधबार साँझ करिब ४ बजे घरबाट घाँस काट्न निस्किएकी थिइन्।
राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा मृतकलाई घरदेखि करिब १ किलोमिटर पूर्वको चौरमा मृतावस्थामा भेटिएको थियो।

शव हालसम्म घटनास्थलमै रहेको र प्रहरी टोली रातिदेखि नै घटनास्थलमा उपस्थित रहेर आवश्यक अनुसन्धान गरीरहेको छ।यद्यपि घटनाको वास्तविक कारण पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।