+
+
0 Shares

सिरहा:लक्ष्मीपुर कुटी चौकमा महन्थमाथि गजेरी युवाहरुले गरे कुटपिट

starkhabar Sonu Mishra
६ महिना अगाडि
0 views

असोज -२३ सिरहा।
स्टार खबर।

सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर कुटी चौकमा गए राति भएको कुटपिट घटनामा स्थानीय रामजानकी कुटीका महन्थ श्री महन्थि दास घाइते भएका छन्।

स्थानीयका अनुसार गए राति करिब २ बजे आसपास गाँजा सेवन गर्ने चार जना गजेरी युवाहरूले कुटीमा पसेर महन्थमाथि कुटपिट गरेका थिए। अकस्मात आक्रमणबाट महन्थ दास घाइते भएका र उनलाई उपचारका लागि जिल्ला प्रादेशिक अस्पतालमा लगिएको जनाइएको छ।

कुटपिट गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा लगिएको र अनुसन्धान अघि बढाइएको जनाएको छ।

घटनापछि स्थानीय बासिन्दा र भक्तजनहरूमा आक्रोश व्याप्त छ। उनीहरूले धार्मिक स्थलमै भएको आक्रमणको निन्दा गर्दै दोषीहरूलाई तुरुन्त कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।