+
+
0 Shares

सिरहाको बिष्णुपुरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

starkhabar Sonu Mishra
४ महिना अगाडि
2 views

मंसिर१५-सिरहा।
स्टार खबर।


सिरहाको बिष्णुपुर गाउँपालिका–१ हरिनगरा स्थित सिरहा–चोहर्वा सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन्।

लक्ष्मिपुरबाट बिष्णुपुरतर्फ जाँदै गरेको म.प्र.०१–००४ प.७८४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकलबिच ठक्कर हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल र साइकल नेपाल प्रहरी, बिष्णुपुरको नियन्त्रणमा रहेको छ।

घाइतेको अवस्था

मोटरसाइकलमा सवार :

१. दिनेश कामती (२१ वर्ष) — बिष्णुपुर–१ हरिनगरा। अनुहारमा चोट लागेको, लाइफलाइन अस्पताल गोलबजारमा उपचारपछि अवस्था सामान्य रहेको छ।
२. सुमन कामती (२१ वर्ष) — प्रारम्भमा बोल्न नसक्ने भएकाले पहिचान खुल्न नसके पनि रातिको समयमा आफन्तहरुले पुष्टि गरेअनुसार भोलन कामतीका छोरा सुमन कामती रहेको र उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि बिराटनगर तर्फ लगिएको परिवारले जनाएको छ।

साइकल चालक :
१. सत्य नारायण ठाकुर (७० वर्ष) — बिष्णुपुर–५, लक्ष्मिपुर घर रहेको छ।टाउकोमा गम्भीर चोट लागेपछि लाइफलाइनमा प्राथमिक उपचार गरी प्रादेशिक अस्पताल सिरहा पुर्‍याइयो थियो। अस्पतालमा ECG परीक्षण गर्दा डाक्टरले उनलाई मृत घोषणा गरेका छन्। शव अहिले अस्पतालमै राखिएको छ।

अन्य विवरण

दुर्घटनापछि सामान्य उपचार समाप्त गरेपछि मोटरसाइकल चालक दिनेश कामतीलाई राति ०१:०० बजेको समयमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको विस्तृत अनुसन्धान गर्न इ.प्र.का. बिष्णुपुर प्रहरीले थप कारबाही अघि बढाएको छ।