+
+
0 Shares

अत्यधिक चिसोमा नेपाली सेनाको मानवीय पहल, सिरहामा दाउरा वितरण

starkhabar Sonu Mishra
४ महिना अगाडि
0 views

पौष-११ सिरहा।
सोनु मिश्र।

सिरहा जिल्लासहित सम्पूर्ण मधेश प्रदेशमा अत्यधिक शीतलहर बढेसँगै जनजीवन कष्टकर बनेको बेला नेपाली सेनाले मानवीय सहयोग प्रदान गरेको छ।

नेपाली सेनाले सिरहा जिल्लाको मिर्चैया नगरपालिका ,नरहा गाउँपालिका–३ स्थित पुरानो चोहर्वा चोक, गोलबजार नगरपालिका र विष्णुपुर गाउँपालिका–१ का विभिन्न स्थानमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था गरेको हो।

नेपाली सेना श्री नन्दाबक्स गणबाट खटिएको टोलीले अत्यधिक चिसोबाट प्रभावित स्थानीय व्यापारी, यात्रु तथा सर्वसाधारणलाई न्यानो प्रदान गर्ने उद्देश्यले चोक चोकमा आगो बाल्ने कार्यक्रम सञ्चालन गरेको थियो।


बिहानैदेखि बालिएको आगोबाट न्यानो महसुस गरेपछि स्थानीय व्यापारी, यात्रु तथा सर्वसाधारणले राहत पाएको बताएका छन्।

स्थानीय सरकार तथा सम्बन्धित निकायहरूको ध्यान नपुगेको अवस्थामा संकटको घडीमा नेपाली सेनाले दाउराको व्यवस्था गरी सहयोग गरेको भन्दै स्थानीयवासीहरूले नेपाली सेना श्री नन्दाबक्स गणप्रति आभार व्यक्त गरेका छन्।