+
+
0 Shares

रास्वपाका उमेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु, चालक र आलम फरार

starkhabar Sonu Mishra
२ महिना अगाडि
0 views

रौतहट -२२ माघ।

रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ। ईशनाथ नगरपालिका–४, मठिया टोलमा भएको सवारी दुर्घटनामा सोही स्थानकी शेख साजिरकी छोरी अलसा खातुनको मृत्यु भएको हो। स्थानीयका अनुसार आफ्नै वडाभित्र खेलिरहेकी बालिकालाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको थियो।

चुनाब प्रचार कै क्रममा रहेको बेला दिउँसो २:३० बजेको समयमा बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तिब्र गतिमा रहेको कारले बालिकालाई ठक्कर दिएको हो । गम्भीर घाइते बनेकी उनको उपचारका क्रममा ज्यान गएको छ ।

दुर्घटनापछि गाडीमा सवार उम्मेदवार सगिर आलम र चालक घटनास्थलबाट फरार भएका स्थानीयले बताएका छन्। घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् भने फरार रहेका व्यक्तिहरूलाई तत्काल सार्वजनिक गर्न र कडा कारबाही गर्न माग गरेका छन्।
सभार:- टिभी अन्नपूर्ण