+
+
0 Shares

निर्वाचन सुरक्षामा नेपाली सेनाको आधुनिक बख्तरबन्द गस्ती, मध्य–पूर्वी राजमार्गमा कडा निगरानी

starkhabar Sonu Mishra
१ महिना अगाडि
0 views


फाल्गुन-१७ सिरहा।
सोनु मिश्रा।

अगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ नेपाली सेनाले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाएको छ।

यसै क्रममा धनुषास्थित कमला पुलबाट नेपाली सेनाका आधुनिक बख्तरबन्द गाडीहरू मध्य–पूर्वी राजमार्ग हुँदै सप्तरी तर्फ अघि बढेको देखिएको छ।


राजमार्ग क्षेत्रमा सेनाको बाक्लो उपस्थिति र बिशेष गस्ती सञ्चालनले निर्वाचनका बेला हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूका अनुसार सेनाको विशेष गस्तीले आम नागरिकमा सुरक्षा अनुभूति बढाएको छ। निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै जनताको जिउधनको सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न नेपाली सेना प्रतिबद्ध रहेको जनाएको छ।