+
+
0 Shares

सिरहा ३ का जसपा उम्मेदवार अशेश्वर यादव छुटे, तीनदिनभित्र स्पष्टिकरण पेश गर्न आयोगको निर्देशन

starkhabar Sonu Mishra
१ महिना अगाडि
0 views

फागुन-२०सिरहा।
स्टार खबर।

प्रतिनिधिसभा निर्वाचनका मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नम्वर ३ का उम्मेदवार अशेश्वर यादवसहित पाँचैजनालाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ।

निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरित रकमसहित पक्राउ परेका यादवलाई ३ दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउन निर्वाचन अधिकृतको कार्यालय सिरहाले निर्देशन दिएकोक हो।

सिरहा जिल्लाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले सम्पूर्ण कागजातहरुको अध्ययनपश्चत निर्वाचन आचारसंहिता उलङ्घनमा ३ दिनभित्र स्पष्टिकरण बुझाउने समयसीमा दिएको बताए। उनले भने, ‘हामीले सम्पूर्ण कागजातहरु अध्ययन गर्यौं, तत्काललाई ३ दिनभित्र स्पष्टिकरण बुझाउने मौका दिएका छौं। उहाँहरुले बुझाएको स्पष्टिकरण र प्रमाणहरुको आधारमा थप प्रकृया अगाडी बढ्छ।’

उनले पक्राउ परेका पाँचै जनालाई स्पष्टिकरण बुझाउन भन्दै तत्काल छोडएको जानकारी दिए।

बरामद रकम र गाडीसहितका सामाग्रि तत्काललाई सिज गरिएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए। उनले अहिले अनुसन्धान जारीरहेको र निर्वाचन कानुनअनुसार हुने बताए।

प्रहरीले गएराती मौनअवधिका बेला नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिएको थियो।

माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा उक्त रकम र उम्मेदवार यादवसहित बिष्णुपुर ५ लक्ष्मिपुरका ३२ वर्षिय श्याम कुमार यादव, ३५ वर्षिय राम प्रवेश यादव, ४० वर्षिय बिरेन्द्र कुमार यादव र सवारी चालक नरहा ३ का २८ को जितेन्द्र कुमार महतोलाई पक्राउ गरेका थिए।

राजनीतिक दल वा उम्मेदवारले आर्थिक लेनदेन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० को उपदफा (१) र (२) बमोजिम जरिबाना गर्न सक्ने आचारसंहितामा उल्लेख छ।

‘त्यसरी भएको जरिबाना छ महिनासम्म नबुझाउने उम्मेदवारलाई आयोगले तत्काल लागु हुने गरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने छ,’ आचारसंहितामा व्यवस्था छ।