+
+
0 Shares

सिरहा:बिष्णुपुर दुर्गा मन्दिर नजिक दुर्घटना, मोटरसाइकलको ठक्करबाट स्थानीय व्यक्तिको मृत्यु

starkhabar Sonu Mishra
१ महिना अगाडि
1 views

फाल्गुन -२६ सिरहा।
स्टार खबर ।

सिरहा सदरमुकामबाट चोहर्बातर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

प्रदेश २–०१–००३ प २४६३ नम्बरको मोटरसाइकलले सिरहाको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित दुर्गा मन्दिर नजिक हरीनगरा गाउँ निवासी अन्दाजी ५५ वर्षीय गोबर्धन मण्डललाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार चिया पसलबाट निस्केर सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले मण्डललाई ठक्कर दिएको थियो । ठक्कर यति शक्तिशाली थियो कि मण्डल करिब ३ मिटर माथिसम्म उछिट्टिएको स्थानीयहरूले बताएका छन्।


दुर्घटनामा मण्डलको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालय सिरहाले जनाएको छ।


प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुई जना नेपाली सेनाका जवान रहेका थिए। दुर्घटनामा संलग्न सिरहाको कल्याणपुर नगरपालिका–४ बस्ने धीरेन्द्र राय र अर्घाखाँचीको शिवगंगा नगरपालिका–८ बस्ने तेजबहादुर धर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा उनीहरू समेत घाइते भएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।