+
+
0 Shares

सिरहामा वकिलको च्याम्बरमा बम विस्फोट, एक जना घाइते

starkhabar Sonu Mishra
१ महिना अगाडि
2 views

फागुन-२७सिरहा।
स्टार खबर।

सिरहामा वकिलको च्याम्बरमा बम विस्फोट, एक जना घाइते भएको हो।
सिरहा नगरपालिका वडा नं. ७ स्थित सिरहा जिल्ला अदालत परिसरभित्र रहेको बार एशोसियसन सिरहाको भवनमा आज अपराह्न बम विस्फोट हुँदा एक जना सामान्य घाइते भएका छन्।


आज फागुन २७ बुधबार बेलुका ४ बजेको समयमा अधिवक्ता मकसुदन यादवको च्याम्बरभित्र बम पड्किएको हो। विस्फोटका कारण च्याम्बरमा रहेको कम्प्युटर, प्रिन्टर लगायत विभिन्न रेकर्ड फाइलहरू तथा झ्यालका सिसाहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनाका समयमा च्याम्बरभित्र बसिरहेका अधिवक्ता यादवका छोरा सिरहा नगरपालिका वडा नं. १ का अ.वर्ष ३५ का सौरभ यादव सामान्य घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट कुकरको ढक्कन समेत फेला परेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएरको प्रहरी टोलीले थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण तथा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको जनाएको छ।