+
+
0 Shares

सिरहा:मिर्चैया स्थित मनकामना मिड स्टर्न अस्पतालमा ओपिडी सेवा नि:शुल्क

starkhabar Sonu Mishra
२ हप्ता अगाडि
4 views

चैत -१७सिरहा। 

स्टार खबर।

सिरहाको मिर्चैयामा अवस्थित मनकामना मिड स्टर्न अस्पतालले बिरामीहरूको हितलाई मध्यनजर गर्दै ओपिडी (OPD) सेवा नि:शुल्क गर्ने घोषणा गरेको छ। देशमा आएको सकारात्मक परिवर्तनको खुसी जनतासँग साट्ने उद्देश्यले अस्पतालले यस्तो निर्णय गरेको जनाएको छ।

अस्पताल प्रशासनका अनुसार अबदेखि अस्पतालमा आउने बिरामीहरूले वरिष्ठ चिकित्सकहरूसँग परामर्श लिन कुनै पनि शुल्क तिर्नु पर्ने छैन। यस कदमले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूलाई राहत पुग्ने विश्वास गरिएको छ।

अस्पतालले स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ यो निर्णय लिएको हो। यहाँ अनुभवी तथा वरिष्ठ चिकित्सकहरूको टोलीले आधुनिक प्रविधिको प्रयोगमार्फत बिरामीहरूको भरपर्दो उपचार गर्दै आइरहेको अस्पतालले जनाएको छ।

“परिवर्तनको आभास जनताले स्वास्थ्य सेवाबाट पनि महसुस गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,” अस्पताल स्रोतले जनाएको छ।

यस निर्णयसँगै स्थानीयवासी तथा सेवाग्राहीहरूले अस्पतालको पहलको प्रशंसा गरेका छन्। स्वास्थ्य सेवा क्षेत्रमा यस्तो कदमले सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।