+
+
0 Shares

शिक्षामा सहारा बन्यो मेगा बैंक: बिष्णुपुरका १४० विद्यार्थीहरुलाई सहयोग

starkhabar Sonu Mishra
२ महिना अगाडि
2667 views

चैत -२० सिरहा। सोनु मिश्र।

सिरहाको बिष्णुपुर गाउँपालिका-१ हरीनगरा स्थित श्री आधारभूत विद्यालय हरिनगरामा अध्ययनरत सिमान्तकृत, आर्थिक रूपमा विपन्न तथा दलित समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति अन्तर्गत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ। Nepal Investment Mega Bank को बिष्णुपुर शाखाले आफ्नो Corporate Social Responsibility (CSR) कार्यक्रम अन्तर्गत करिब २ लाख रुपैयाँ बराबरको ड्रेस, झोला तथा अन्य शैक्षिक सामग्री वितरण गरेको हो।

उक्त सहयोगबाट विद्यालयका जम्मा १४० जना छात्रछात्राहरू प्रत्यक्ष लाभान्वित भएका छन्। कार्यक्रममा बैंकका बिष्णुपुर शाखा प्रबन्धक पंकज कुमार ठाकुरले समाजप्रति उत्तरदायी हुँदै विपन्न तथा पछाडि परेका वर्गका विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

उक्त कार्यक्रममा बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादव, शिक्षा शाखा प्रमुख दिपकुमार यादव, बैंकका कर्मचारी, विद्यालयका शिक्षक-कर्मचारी तथा विद्यार्थीका अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।