+
+
0 Shares

सार्वजनिक जग्गा र सडक अतिक्रमण हटाउन विष्णुपुर गाउँपालिकाको १५ दिने अल्टिमेटम

starkhabar Sonu Mishra
३ दिन अगाडि
2106 views

चैत -२८सिरहा।
सोनु मिश्र।

सिरहा विष्णुपुर गाउँपालिका ले सार्वजनिक जग्गा तथा सडक अतिक्रमण हटाउन सम्बन्धित सरोकारवालाहरूलाई १५ दिने समयसीमा दिएको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै वडा नं. ४, थल्हाकटहा क्षेत्रभित्र रहेका मूल सडक तथा सहायक गल्ली सडकहरूको मापदण्ड कायम राख्न यस्तो निर्णय गरिएको जनाएको हो।

गाउँपालिकाका अनुसार निर्धारित सिमाक्षेत्रभित्र पर्ने घर, टहरा, गोठ तथा थुपारिएका मलमूत्र, पराल लगायतका सामग्रीहरूले सडक र सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएकाले ती सबै संरचना र सामग्री १५ दिनभित्र हटाउन आग्रह गरिएको छ। साथै ऐलानी तथा पर्ती जग्गामा राखिएका अव्यवस्थित सामग्रीहरू समेत हटाउन भनिएको छ।

सूचनामा तोकिएको समयभित्र अतिक्रमण हटाउन सहयोग नगरेमा कानुनी प्रक्रिया अगाडि बढाइने संकेत पनि गरिएको छ। गाउँपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक विस्तार तथा सरसफाइ कायम गर्न सबै स्थानीयवासीसँग सहकार्यको अपेक्षा गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुःखी कापरले सबैलाई तोकिएको समयभित्र अतिक्रमण हटाई सहयोग गर्न आग्रह गर्दै सार्वजनिक हितका लागि गरिएको निर्णयमा साथ दिन अपिल गरेका छन्।