+
+
0 Shares

सिरहामा राहदानीको घर सेवा सुरु, अब सेवाग्राहीको घरमै पासपोर्ट पठाइदिने

starkhabar Sonu Mishra
३ दिन अगाडि
1435 views

चैत -२८सिरह।
स्टार खबर।

सिरहा स्थित जिल्ला प्रशासन कार्यालयले राहदानी (पासपोर्ट) वितरणलाई सहज बनाउन नयाँ व्यवस्था सुरु गरेको छ। अब सेवाग्राहीले राहदानी घरमै प्राप्त गर्न सक्नेछन्।

नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०८२ साल चैत १३ गते बसेको बैठकले स्वीकृत गरेको प्रशासनिक सुधार कार्यक्रम अन्तर्गत यो सेवा लागू गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार मिति २०८२ साल चैत २३ गतेदेखि राहदानीलाई सरकारी कुरियर सेवा मार्फत घर–घरमा पु¥याउने व्यवस्था गरिएको छ। यसअघि सेवाग्राहीले राहदानी लिन कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता थियो।

यस नयाँ प्रणालीले सेवाग्राहीको समय बचत गर्नुका साथै सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कार्यालयले राहदानीका लागि आवेदन दिएका सबै सेवाग्राहीलाई यस सुविधाको जानकारी लिन अनुरोध गरेको छ।