+
+
0 Shares

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ

starkhabar Sonu Mishra
२ दिन अगाडि
3211 views

२९ चैत,काठमाडौँ
युटुबमा प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

‘ज्बमभक’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।