+
+
0 Shares

सानाकिसान कृषि सहकारी संस्था बिष्णुपुर द्वारा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

starkhabar Sonu Mishra
२ महिना अगाडि
2241 views

चैत -३० सिरहा।
सोनु मिश्र।

सिरहाको बिष्णुपुर गाउँपालिकामा संचालनमा रहेको सानाकिसान कृषि सहकारी संस्था द्वारा आगामी २०८३ साल बैशाख ४ गते शुक्रबारका दिन निःशुल्क आँखा शिविर सञ्चालन गरिने भएको छ।
स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त शिविरमा आँखासम्बन्धी सम्पूर्ण सेवा निःशुल्क रूपमा उपलब्ध गराइने जनाइएको छ।

संस्थाका अध्यक्ष उपेन्द्र यादवका अनुसार शिविरमा ओपीडी पर्चा निःशुल्क, आँखाको परीक्षण, आवश्यक परेमा अपरेशनसमेत निःशुल्क गरिनेछ। साथै, अपरेशन गर्नुपर्ने बिरामीका लागि यातायात, औषधि तथा खानाको व्यवस्था पनि निःशुल्क रूपमा गरिने व्यवस्था मिलाइएको छ।

आयोजकले गाउँपालिकाभित्रका सम्पूर्ण सर्वसाधारणमा आँखासम्बन्धी कुनै पनि समस्या भएमा अनिवार्य रूपमा शिविरमा उपस्थित भई जाँच गराउन अनुरोध गरेको छ।

यस शिविरबाट विशेष गरी आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाबाट वञ्चित समुदाय लाभान्वित हुने अपेक्षा गरिएको छ।
उक्त अवसरको अधिकतम लाभ लिन सम्पूर्ण स्थानीयवासीलाई यस सहकारी संस्थाले हार्दिक अपिल समेत गरेको छ।