+
+
0 Shares

साना किसान कृषि सहकारी संस्थाको पहलमा विष्णुपुरमा बृहत् आँखा शिविर सम्पन्न

starkhabar Sonu Mishra
१ महिना अगाडि
556 views

बैशाख -४ सिरहा।
सोनु मिश्र।

सिरहाको विष्णुपुर गाउँपालिकामा शुक्रबारका दिन एक दिने निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड विष्णुपुरको आयोजना, तिलगंगा आँखा अस्पतालको व्यवस्थापन तथा रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

शिविरमा कुल ३७५ जनाले आँखा जाँच तथा उपचार सेवा लिएका थिए। जाँचका क्रममा १७४ जना बिरामीमा मोतियाबिन्दु समस्या पुष्टि भएको जानकारी प्राप्त भएको थियो।

शिविरमा छनोट भएका मोतियाबिन्दुका बिरामीहरूको आगामी दिनमा रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा कर्जन्हा-११ स्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रिया (अपरेशन) गरिने व्यवस्था मिलाइएको छ।

सहकारी संस्थाका अध्यक्ष उपेन्द्र यादवका अनुसार यस प्रकारका स्वास्थ्य शिविरहरूले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।

स्थानीयवासीले शिविरबाट प्रत्यक्ष लाभ लिएको बताउँदै आयोजक तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरेका छन्।