+
+
0 Shares

सिरहामा सार्वजनिक सवारीमा अनिवार्य CCTV: २० दिनभित्र जडान नगरे कारबाही

starkhabar Sonu Mishra
१ महिना अगाडि
520 views

सिरहा, ४ बैशाख।
सोनु मिश्र।

जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाभएर सञ्चालन हुने लामो तथा छोटो दुरीको सार्वजनिक सवारी सधानहरुमा सीसीटीभी क्यामेरा जडान सूचना जारी गरेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै २० दिनभित्र सबै यात्रुवाहक सवारीसाधनमा
अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान सुचना जारी गरेको हो।

जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायत क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यो नियम लागू हुनेछ। सार्वजनिक यातायातमा हुनसक्ने चोरी, दुव्र्यवहार र अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गरी यात्रुलाई सुरक्षित महसुस गराउन यो कदम चालिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको २० दिनको समयसीमाभित्र सिसीटिभी जडान भए नभएकोबारे यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट नियमित अनुगमन गरिने जारी सूचनामा उल्लेख गरिएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी गरिएको उक्त सूचनामा नियमको पालना नगर्ने सवारीसाधनलाई कारबाही गरिने उल्लेख गरिएको छ।