+
+
0 Shares

सिरहा:बिष्णुपुरमा विद्यालय भर्ना अभियानबारे सर्वपक्षीय बैठक सम्पन्न

starkhabar Sonu Mishra
१ महिना अगाडि
588 views

बैशाख -११ सिरहा।
सोनु मिश्र।

सिरहाको बिष्णुपुर गाउँपालिका-१ स्थित रहेको हरीमाया सामुदायिक भवनको सभाहलमा शुक्रबार गाउँपालिका स्तरीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

बिष्णुपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।

गाउँपालिका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष गीता कुमारी सिंह, सबै वडाका वडा अध्यक्ष, ८ वटा निजी विद्यालयका प्रिन्सिपल, १४ वटा सरकारी विद्यालयका प्रधानाध्यापकहरु ,पालिकाको बिधालय निरीक्षक दिप कुमार यादव तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता रहेको थियो।

बैठकमा नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै ‘भर्ना अभियान सफल पारौं’ भन्ने मूल उद्देश्यसहित सरोकारवालाहरूले आ-आफ्नो धारणा राखेका थिए। विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने,संस्थागत विद्यालयबीच समन्वय बढाउने विषयमा विशेष छलफल भएको थियोे ।
बैठकले वैशाख १५ गतेदेखि औपचारिक रूपमा भर्ना अभियान सञ्चालन गर्ने तथा वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने सहमति गरेको छ।
गाउँपालिकाले भर्ना अभियानलाई सफल बनाउन अभिभावक, शिक्षक, जनप्रतिनिधि
सरोकारवालाको सक्रिय सहकार्य आवश्यक रहेको जनाएको छ। सहभागीहरूले शिक्षा क्षेत्रमा साझा प्रतिबद्धतासहित अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।